दार्चुलामा प्रतिनिधिसभा समानुपातिकतर्फ एमाले बन्यो पहिलो दल - Chaitanya News
  • 2026-04-27
  • 07:32:41
  • सोमबार,बैशाख १४, २०८३
  • दार्चुलामा प्रतिनिधिसभा समानुपातिकतर्फ एमाले बन्यो पहिलो दल

    दार्चुलामा प्रतिनिधिसभा समानुपातिकतर्फ एमाले बन्यो पहिलो दल

    काठमाडौँ– दार्चुलामा प्रतिनिधिसभातर्फको सामानुपातिकमा नेकपा (एमाले)ले सबैभन्दा बढी पाएको छ। अन्तिम परिणामअनुसार दार्चुलामा कुल खसेको ५८ हजार ९९१ मतमध्ये एमालेले २४ हजार ८८३ मत पाएको छ।

    दार्चुलामा २४ हजार ८८३ मत पाएर एमाले पहिलो दल भएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २० हजार ६५५ मत पाएको छ। नेकपा (माओवादी केन्द्र)ले आठ हजार १९० मत पाएको छ।

    अन्य ४४ राजनीतिक दलले प्रतिनिधिसभा सामानुपातिक निर्वाचन प्रणालीतर्फ दार्चुलाबाट एक हजार भन्दा कम मत प्राप्त गरेका छन्।

    खसेको जम्मा मतमध्ये ५६ हजार ५२२ सदर र दुई हजार ४६९ मत बदर भएका छन्।