समानुपातिकमा एमालेले कटाए ६ लाख २७ हजार मत, एकीकृत समाजवादीको कति? - Chaitanya News
  • 2026-04-22
  • 19:36:13
  • बुधबार,बैशाख ०९, २०८३
  • समानुपातिकमा एमालेले कटाए ६ लाख २७ हजार मत, एकीकृत समाजवादीको कति?

    समानुपातिकमा एमालेले कटाए ६ लाख २७ हजार मत, एकीकृत समाजवादीको कति?

    काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन पद्धतितर्फ ६ लाख मत कटाएको छ।

    निर्वाचन आयोगले विहीबार अपरान्ह अपडेट गरेको मत परिणाम अनुसार एमालेले ६ लाख २७ हजार मत पाएको छ।

    दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ लाख ९२ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख १६ हजार, नेकपा माओवादी केन्द्रले २ लाख ८४ हजार मत पाएको छ।

    त्यस्तै राप्रपाले १ लाख ७१ हजार, जनता समाजवादी पार्टीले ७६ हजार, नेपाल मजदुर किसान पार्टीले ५१ हजार, जनमत पार्टीले ५० हजार, नागरिक उन्मुक्ति पार्टीले ४९ हजार र एकीकृत समाजवादीले ४१ हजार मत पाएका छन्।