प्रतिनिधि सभाको १९ ठाउँको नतिजा सार्वजनिक, कसले कहाँ कति जिते ? - Chaitanya News
  • 2026-04-26
  • 18:49:41
  • आइतबार,बैशाख १३, २०८३
  • प्रतिनिधि सभाको १९ ठाउँको नतिजा सार्वजनिक, कसले कहाँ कति जिते ?

    प्रतिनिधि सभाको १९ ठाउँको नतिजा  सार्वजनिक,  कसले कहाँ  कति जिते ?

    काठमाडौँ –  प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये १९ वटाको नतिजा सार्वजनिक भएको छ । जस अनुसार नेपाली कांग्रेसले १०, एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ तथा एकीकृत समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले एक–एक ठाउँमा विजयी भएका छन् ।

    कसले कहाँ जिते ?

    नेपाली कांग्रेस
    तनहुँ २ – शंकर भण्डारी
    डडेलधुरा – शेरबहादुर देउवा
    ललितपुर १ – उदय शमशेर राणा
    काठमाण्डौ ४ – गगनकुमार थापा
    रसुवा मोहन – आचार्य
    काठमाण्डौ ५ – प्रदीप पौडेल
    काठमाण्डौ ३ – सन्तोष चालिसे
    काठमाण्डौ १ – प्रकाशमान सिंह
    मुस्ताङ – योगेश गौचन थकाली
    मनाङ – टेकबहादुर गुरुङ

    एमाले
    उदयपुर २ – अम्बर बहादुर रायमाझी
    ललितपुर २ – प्रेमबहादुर महर्जन
    काठमाण्डौ ९– कृष्णगोपाल श्रेष्ठ

    राष्ट्रिय स्वतन्त्र पार्टी
    काठमाण्डौ २– सोविता गौतम
    काठमाण्डौ ७– गणेश पराजुली
    काठमाण्डौ ८– विराजभक्त श्रेष्ठ

    एकीकृत समाजवादी
    अछाम १ – शेरबहादुर कुँवर

    राप्रपा
    बाँके २ – धवल शमशेर राणा

    नागरिक उन्मुक्ति पार्टी
    कैलाली ३ – गंगाराम चौधरी