गगन थापाको विजयोत्सव - Chaitanya News
  • 2026-07-27
  • 05:26:59
  • आइतबार,साउन १०, २०८३
  • काठमाडौं- कांग्रेस महामन्त्री गगन थापा काठमाडौं क्षेत्र–४ बाट एमालेका राजन भट्टराईलाई हराउँदै संघीय संसद्मा विजयी भएका छन्।

    थापाले निकटतम प्रतिद्वन्द्वी एमालेका भट्टराईलाई ७ हजार ४४६ मतान्तरले पराजित गरेका हुन्। थापाले २१ हजार ३०१ मत पाए भने भट्टराईले १३ हजार ८५५ मत ल्याए।

    २०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए। उक्त चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए। भट्टराई ३ हजार २ सय मतान्तरले थापासँग पराजित भएका थिए।

    २०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए। २०६४ मा थापा समानुपातिक सांसद थिए।