डडेल्धुरा अपडेट : देउवालाई सुरुवाति अग्रता ढकाल तेस्रो स्थानमा - Chaitanya News
  • 2026-04-22
  • 06:07:57
  • बुधबार,बैशाख ०९, २०८३
  • डडेल्धुरा अपडेट : देउवालाई सुरुवाति अग्रता ढकाल तेस्रो स्थानमा

    डडेल्धुरा अपडेट : देउवालाई सुरुवाति अग्रता ढकाल तेस्रो स्थानमा

    काठमाडौँ — डडेल्धुरामा पनि प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ। ५ सय मतगणना हुँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवा अगाडि छन्।

    एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट कांग्रेसका सभापति शेरबहादुर देउवा सातौँ पटक उम्मेदवार छन्।

    सुरुवाति परिणामअनुसार देउवाले २३९ मत पाउँदा नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले १४१ मत पाएका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन्।