सानिमा लाइफको नाफा १५.४६५ ले बढ्यो - Chaitanya News
  • 2026-06-12
  • 08:33:22
  • शुक्रबार,जेठ २९, २०८३
  • सानिमा लाइफको नाफा १५.४६५ ले बढ्यो

    सानिमा लाइफको नाफा १५.४६५ ले बढ्यो

    काठमाडौं– चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सानिमा लाइफ इन्सुरेन्सको खुद नाफा १५.४६ले बढेर ५ करोड ६ लाख ८४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअधिमा यसले ४ करोड ३८ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यसअवधिमा जीवन बिमा कोषको आकार ५२.२६. ले बढेर ३ अर्ब ७४ करोड ७० लाख १३ हजार रुपैयाँ पुगेको छ।

    यता, खुद बिमा शुल्क आर्जन सामान्य ९०.३०५० ले घटेर ५४ करोड ९१ लाख ७० हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यसले ५५ करोड ८ लाख ४९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो। असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १० रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ९३ पैसा छ।