आज सुनको भाउ तोलामा आज एक हजार रुपैयाँले बढ्यो, चाँदीको कति? - Chaitanya News
  • 2026-07-27
  • 16:22:59
  • सोमबार,साउन ११, २०८३
  • आज सुनको भाउ तोलामा आज एक हजार रुपैयाँले बढ्यो, चाँदीको कति?

    आज सुनको भाउ तोलामा आज एक हजार रुपैयाँले बढ्यो, चाँदीको कति?

    काठमाडौं– सुनको भाउ फेरि बढेको छ। तोलामा आज एक हजार रुपैयाँले बढेर सुनको भाउ ९८ हजार २ सय रुपैयाँमा पुगेको छ।

    हिजो सुनको भाउ तोलामा ९७ हजार २ सय रुपैयाँ थियो। केही दिन लगातार बढेको सुनको भाउ हिजो भने तोलामा एक सय रुपैयाँले घटेको थियो। तर आज फेरि १ हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा पुगेको हो।

    आज चाँदीको भाउ पनि बढेको छ। तोलामा ३० रुपैयाँले बढेर १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।