१) तल दिइएका कथनहरुको अध्ययन गर्नुहोस् ।
A) प्रथम मल्ल राजा अरिदेव मल्ल हुन् ।
B) पशुपतिमा महास्नान गराउने राजा अभय मल्ल हुन् ।
C) नेपाल मण्डलेश्वर उपधि धारण गर्ने राजा यक्ष मल्ल हुन् ।
D) आफ्नो नामको अगाडि कविन्द्र लेख्ने राजा प्रताप मल्ल हुन् ।
कुन कथन सही छ र छन् ।
A) A र C मात्र B) A, B, र D मात्र C) B र D मात्र D) A, B, C र D सबै
२) नेपालको सर्वोच्च अदालतको स्थापना कहिले भएको थियो ?
A) वि.सं. २०१३ जेठ ८ B) वि.सं. २००७ फागुन
C) वि.सं. २०१८ वैशाख १ D) वि.सं. २०१६ मंसिर २२
३) छिन्नमस्ता भगवतीको मन्दिर कहाँ रहेको छ ?
A) सुनसरी B) मोरङ C) उदयपुर D) सप्तरी
४) तीन पटक मदन पुरस्कार पाउने साहित्यकार को हुन् ?
A) पारिजात B) मदनमणि दिक्षित C) सत्यमोहन जोशी D) भूपी शेरचन
५) राष्ट्रिय निकुञ्ज वा संरक्षित क्षेत्रको वरिपरी स्थानिय जनताले प्राकृतिक स्रोतको दिगो परिचालन गरी आर्थिक स्रोत संकलन गर्ने क्षेत्रलाई के भनिन्छ ?
A) संरक्षण क्षेत्र B) मध्यवर्ति क्षेत्र C) शिकार आरक्ष D) राष्ट्रिय निकुञ्ज
६) कोभिड-१९ को परीक्षण गर्ने सन्दर्भमा प्रयोग हुने VTM को पुरा रुप के हो ?
A) Viral Transport Medium. B) Value Transfer Machine
C) Vampire The Masquerade D) Viral Tape Machine
७) ‘लालिगा 2020’ को फुटवल च्याम्पियन (शिर्षस्थान) हासिल गर्ने क्वल कुन हो ?
(A) बार्षिलोना (B) नेपोली (C) रियल वेटिस (D) रियल मेड्रिड
८) विश्वकै अग्लो स्थानमा छायाङ्कन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डस् कायम गर्न सफल म्युजिक भिडियो कुन हो ?
A) सुन्दर हिमाल B) ल्याण्ड C) मदरल्याण्ड D) वल्र्ड नेचर
९) दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सन् २०२१ जुलाई १२ को बैठकले १४औँ साग खेलकुद प्रतियोगिता कहिले गर्ने निर्णय गरेको छ ?
A) सन् २०२६ मार्च B) सन् २०२३ मार्च C) सन् २०२४ मार्च D) सन् २०२५ मार्च
११) नेपालमा प्रजातन्त्रको उदय अगाडिसम्म कति देशसँग दौत्य सम्बन्ध कायम गरेको थियो ?
A) ३ देश B) ४ देश C) ५ देश D) ६ देश
१२) अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (ITU) ले आफ्नो कार्य कहिलेदेखि प्रारम्भ गरेको थियो ?
A) सन् १९९३० B) सन् १९३४ C) सन् १९३५ D) सन् १९४१
१३) जेनेटिक म्यानिपुलेसन प्रविधि (Genetic Manipulation Technology) लाई देहायको कुन कार्यमा प्रयोग गर्न सकिन्छ ? सहि भनाई छान्नुहोस् ।
१) वंशाणुको मौलिक बनावट र कार्यबारे खोजी गर्न ।
२) नयाँ प्रविधिबाट उपयोगी प्रोटिन निर्माण गर्न ।
३) बहुअनुवांशिक (Transgenic) प्राणी तथा वनस्पति उत्पादन गर्न ।
A) १ र २ मात्र सहि B) १ र ३ मात्र सहि C) २ र ३ मात्र सहि D) माथिका सबै सहि
१४) सन् १९९२ मा जैविक विविधता सम्बन्धी महासन्धी (Convention on Biological Diversity) कति राष्ट्रहरुले हस्ताक्षर गरेका थिए ?
A) १७० राष्ट्र B) १७५ राष्ट्र C) १७७ राष्ट्र D) १८० राष्ट्र
१५) पोखरा महानगरपालिकाले महानगरवासीको गुनासो सुन्न र सुझाव सङ्कलनका लागि हेल्लो मेयर कार्यक्रम कहिलेदेखि सञ्चालन गरेको हो ?
A) वि.सं. २०७९ भदौ १२ B) वि.सं. २०७९ भदौ २३
C) वि.सं. २०७९ भदौ २६ D) वि.सं. २०७९ भदौ ३०
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
प्रस्तुत सामग्री चैतन्य एकेडेमीको सहयोगमा तयार पारिएको हो