काठमाडौँ– साताको कारोबारको अन्तिमदिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
बिहीबार प्रतितोला ९५ हजार ४ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा १ हजार ३ सय रुपियाँले बढेर ९६ हजार ७ रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज तेजाबी सुनको मूल्य ९६ हजार २ सय रुपियाँ रहेको छ ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी तोलामा १० रुपियाँले बढेर १२ सय ९५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।