गरिमा विकास बैंकले १४.५०५ लाभांश दिने घोषणा - Chaitanya News
  • 2026-04-26
  • 00:00:26
  • शनिबार,बैशाख १२, २०८३
  • गरिमा विकास बैंकले १४.५०५ लाभांश दिने घोषणा

    गरिमा विकास बैंकले १४.५०५ लाभांश दिने घोषणा

    काठमाडौं– गरिमा विकास बैंकले १४.५०५ लाभांश दिने घोषणा गरेको छ। बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १३५ बोनस सेयर र कर तिर्न १.५०५ नगद लाभांश दिने निर्णय गरेको हो। यसर्थ, बैंकले ५९ करोड ६८ लाख १३ हजार ५५५ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ। यस्तै, ६ करोड ८८ लाख ६३ हजार १०२ रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ।

    नियामक राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई बोनस वितरण गरिनेछ। गत वर्ष बैंकले १६५ बोनस सेयर वितरण गरेको थियो।