भागबण्डा टुङ्ग्याउन गठबन्धनका शीर्षसहित कार्यदल सदस्यहरू बालुवाटारमा - Chaitanya News
  • 2026-04-18
  • 23:41:58
  • शनिबार,बैशाख ०५, २०८३
  • भागबण्डा टुङ्ग्याउन गठबन्धनका शीर्षसहित कार्यदल सदस्यहरू बालुवाटारमा

    भागबण्डा टुङ्ग्याउन गठबन्धनका शीर्षसहित कार्यदल सदस्यहरू बालुवाटारमा

    काठमाडौं– मङ्सिरमा हुने निर्वाचनको प्रतिनिधि सभा र र प्रदेश सभा सदस्य पदका लागि सिट बाँडफाँटको अन्तिम टुङ्गो लगाउन सत्ता गठबन्धनका शीर्षसहित कार्यदल सदस्यहरू बिहानैबाट छलफलमा जुटेका छन्।

    बिहान साढे ८ बजेदेखि बालुवाटारमा भइरहेको छलफलमा प्रतिनिधि सभाका केही निर्वाचन क्षेत्र र प्रदेश सभाका निर्वाचन क्षेत्रबारे छलफल भइरहेको जसपाका कार्यदल सदस्य मनिष सुमनले जानकारी दिए।

    ‘हामी बिहान साढे ८ बजेदेखि छलफलमा छौ, आज टुंगो लगाउने भनिएको छ तर के हुन्छ हेरौँ’, सुमनले रातोपाटीसँग भने,‘ शीर्ष नेताले चाहे आजै सिट बाँडफाँट टुंगो लाग्छ।’ सिट बाँडफाँटमा कांग्रेस र माओवादी केन्द्रले जसपा र नेकपा एकीकृत समाजवादीलाई पेलेको भन्दै असन्तुष्टि बढेको छ। जसपाले त गठबन्धन बाहेकका अन्य दलसँग समेत चुनावी तालमेल गर्ने निर्णय गरेर एमालेसँग संवाद नै थालिसकेको नेताहरूको भनाइ छ।