विवेकशील साझाका केन्द्रीय सदस्य दिनेश भण्डारी र निरुपमाले दिए राजीनामा - Chaitanya News
  • 2026-06-03
  • 02:25:06
  • मंगलबार,जेठ १९, २०८३
  • विवेकशील साझाका केन्द्रीय सदस्य दिनेश भण्डारी र निरुपमाले दिए राजीनामा

    विवेकशील साझाका केन्द्रीय सदस्य दिनेश भण्डारी र निरुपमाले दिए राजीनामा

    काठमाडौं– विवकेशील साझा पार्टीकी केन्द्रीय सदस्य निरुपमा यादव र सुदूरपश्चिम प्रदेशका संयोजक दिनेशराज भण्डारीले राजीनामा दिएका छन्। छुट्टा–छुट्टै वक्तव्य जारी गर्दै यादव र भण्डारीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन्।

    यादव पार्टीको कानून मामिला विभाग प्रमुखसमेत हुन् भने भण्डारी केन्द्रीय कार्यसम्पादन समिति सदस्यको जिम्मेवारीमा थिए। यादव यसपटक समानुपातिकको बन्द सूचीमा पनि थिइन्।