काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई एक किसिमको ब्याटल नै भएको बताउका छन्। उनले भने,‘अब हुने निर्वाचन एक किसिमको ब्याटल नै हो। यो ब्याटल जित्न, हामीले अनुशासित हिसाबले पहल गर्न जरुरी छ।’
पोष्टबहादुर बोगटीको ८औं स्मृति दिवस समारोहलाई आज पार्टी मुख्यालय, पेरिसडाँडामा बोल्र्दै उनले यस्तो बताएका हुन्। उनले भने,‘अहिले हाम्रो पार्टी केन्द्र, पदाधिकारी बैठकपनि त्यसमै केन्द्रित छ ।स्थानीय तहको निर्वाचनबाट पनि गठबन्धनभित्रबाट शिक्षा लिने कुरा र पार्टीभित्रको सन्दर्भमा पनि शिक्षा लिएर यो ब्याटलमा हामीले आफूलाई एउटा फौजको रुपमा अगाडि बढाउने भनेर प्रयास गरिरहेका छौं।’
प्रचण्डले माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिष्टहरुको प्रयास नभएको भए देश संघीय लोकतान्त्रिक गणतन्त्रमा जान सम्भव नभएको दाबी गरे। उनले माओवादी कमजोर हुँदा राष्ट्र नै कमजोर हुने टिप्पणी गरे । उनले स्थानीय तहको निर्वाचनले नै माओवादीको हातमा देशको चाबी दिएको बताए। अब हुने संघ र प्रदेशको निर्वाचनमा पनि माओवादी लेफ्ट मुभमेन्टको पहिलो दल बन्ने पनि उनको दाबी थियो।