दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक फेरि स्थगित - Chaitanya News
  • 2026-04-18
  • 07:27:14
  • शनिबार,बैशाख ०५, २०८३
  • दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक फेरि स्थगित

    दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक फेरि स्थगित

    काठमाडौं– आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि बिहान ११ बजे सम्मलाई स्थगित भएको हो।

    प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सूचना निकालेर विशेष कारणबस आजको बैठक स्थगित भएको जनाएका छन्।

    राष्ट्रियसभा बैठक भने आज बस्दैछ। बैठकमा केही विधेयक छलफल तथा पारितका लागि पेश गरिँदैछ। दिउँसो ३ बजे बस्ने बैठकमा सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धि पत्रको व्यहोरा जानकारी गराउँदैछन्।

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।