शेयर बजारमा सामान्य गिरावट, १ अर्बको कारोबार - Chaitanya News
  • 2026-04-22
  • 12:39:27
  • बुधबार,बैशाख ०९, २०८३
  • शेयर बजारमा सामान्य गिरावट, १ अर्बको कारोबार

    शेयर बजारमा सामान्य गिरावट, १ अर्बको कारोबार

    काठमाडौं– कारोबार हुने साताको पाँचौं दिन बिहीबार शेयर बजारमा सामान्य गिरावट आएको छ।

    नेप्से परिसूचक २।१३ अंकले घटेर १९३७.७४ विन्दुमा आउँदा सेन्सेटिभ परिसूचक ०.५४ अंकले घटेर ३७६.८४ विन्दुमा छ।

    बजारसँगै कारोबार पनि घटेर १ अर्ब ४ करोडमा झरेको छ। यसदिन २२७ कम्पनीका ३४ लाख १ हजार ६९२ कित्ता शेयर किनबेच भए।

    १३ उपसूचक समूहमध्ये सातवटा समूह ओरालो लाग्दा छवटा समूह सामान्य उकालो लागेका छन्। सबैभन्दा बढी १.३७ प्रतिशतले फाइनान्स समूह उकालो लाग्दा अन्य समूहमा सबैभन्दा धेरै १.३३ प्रतिशतले राताम्मे भयो।

    यसदिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन्। उक्त कम्पनीमा मात्र १३ करोड १० लाख रूपैयाँ लगानीकर्ताले खन्याएका छन्।