राष्ट्रिय सभाअन्तर्गत संसदीय समितिका चार सभापतिले लिए शपथ - Chaitanya News
  • 2026-09-06
  • 08:06:15
  • आइतबार,भाद्र २१, २०८३
  • राष्ट्रिय सभाअन्तर्गत संसदीय समितिका चार सभापतिले लिए शपथ

    राष्ट्रिय सभाअन्तर्गत संसदीय समितिका चार सभापतिले लिए शपथ

    काठमाडौं– राष्ट्रिय सभाअन्तर्गतको चार वटा संसदीय समितिका सभापतिहरूले शपथ लिएका छन्। चारजना नवनियुक्त सभापतिले बिहीवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

    राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिका सभापति डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा (पार्वती) ले शपथ लिएका हुन्।