जाजरकोटबाट माओवादी उम्मेदवारमा शक्ति बस्नेत सिफारिस - Chaitanya News
  • 2026-04-22
  • 12:42:57
  • बुधबार,बैशाख ०९, २०८३
  • जाजरकोटबाट माओवादी उम्मेदवारमा शक्ति बस्नेत सिफारिस

    जाजरकोटबाट माओवादी उम्मेदवारमा शक्ति बस्नेत सिफारिस

    काठमाण्डौ– नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस भएका छन्। माओवादी केन्द्रको जाजरकोट जिल्ला समन्वय समितिले बिहिवार प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत बस्नेतको नाम पठाएको हो।

    बस्नेत यसअघि ०७०–०७४ मा जाजरकोटबाट प्रतिनिधिसभाको सदस्यका रुपमा निर्वाचित भएका थिए। उनले यसअघि स्वास्थ्य, वन र गृहमन्त्रीको रुपमा काम समेत गरिसकेका छन्।

    बस्नेत माओवादी केन्द्रका प्रभावशाली नेता हुन्। जाजरकोटमा स्थानीय तहको निर्वाचनमा भने माओवादी कमजोर छ। निर्वाचनमा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छ।

    जाजरकोटमा नेपाली कांग्रेसबाट राजिव शाह र एमालेबाट युवा नेता निरज आर्चाय चुनावी मैदानमा छन्। कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन बनेको अवस्थामा बस्नेत नै उम्मेदवार बन्ने लगभग निश्चित छ। त्यो अवस्थामा उनि र आचार्यबीच प्रतिस्पर्धा हुनेछ । आचार्य एमालेका केन्द्रीय सदस्य र निर्वाचन आयोगको उपप्रमुख हुन्।