मुलुकमा तीन–चार वर्षभित्रमा ठूलो उथलपुथल हुने देख्छु : नेता भुसाल - Chaitanya News
  • 2026-04-22
  • 00:10:54
  • मंगलबार,बैशाख ०८, २०८३
  • मुलुकमा तीन–चार वर्षभित्रमा ठूलो उथलपुथल हुने देख्छु : नेता भुसाल

    मुलुकमा तीन–चार वर्षभित्रमा ठूलो उथलपुथल हुने देख्छु : नेता भुसाल

    काठमाडौं– नेकपा (एमाले) का नेता घनश्याम भुसालले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै वाममोर्चा बनाउन नसक्नु मुलुकका लागि ठूलो दुर्भाग्य भएको टिप्पणी गरेका छन्।

    कम्युनिस्टहरूबीच मोर्चाबन्दी गरेर अघि नबढे अबका तीनरचार वर्षभित्रै मुलुकमा राजनीतिक उथलपुथल हुने र त्यसबाट कम्युनिस्टहरूले ठूलो मूल्य चुकाउनुपर्ने उनको चेतावनी थियो।

    आइतबार काठमाडौंमा आयोजित एक विचार गोष्ठीमा उनले अहिले देखापरेको राजनीतिप्रतिको वितृष्णा, सत्ताप्रतिको वितृष्णा र दलहरूभित्रै रहेको उकुसमुकसलाई नजरअन्दाज नगर्न पनि राजनीतिक नेतृत्वलाई सचेत गराए। मुलुकलाई राजनीतिक संकटबाट रोक्ने हो भने वामपन्थीहरूबीच एकता गरेर अघि बढ्नुपर्ने उनले दोहोर्‍याए। तत्कालीन नेकपालाई फुटाएर प्रचण्डलगायत नेताहरूले दुुनियाँसामु नेपालको बेइज्जत गरेको उनको भनाइ छ।

    उनले मञ्चमै रहेका नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई क्रमभंग गरेर भए पनि कम्युनिस्टहरूबीच एकता गर्न ढिलाइ नगर्न आग्रह गरे।

    “यो सुरु भएको छ है, राजनीतिप्रति वितृष्णा, सत्ताकाप्रति वितृष्णा । राज्यको प्रतिको घृणा। यो चानेचुने कुरा छैन। यो दुईरचारवटा स्वतन्त्र आए मात्रै नभन्नुस्। स्वयं राजनीतिक पार्टीहरूभित्र आज यो उकुसमुकुस जुन छ, यो कुरालाई कसैले नजर अन्दाज नगरौँ,” उनले भने, “म आगामी तीनरचार वर्षभित्रमा एउटा ठूलो उथलपुथल देख्छु, यो क्षितिजमा। त्यसले कम्तीमा आजको राजनीतिको नीतिहीनता, विचारहीनता, मनपरीतन्त्र कम्तीमा यतिचाहिँ लैजान्छ। त्योचाहिँ राम्रै हुनेछ। तर, राजनीतिले त्योभन्दा धेरै कुरा हामीबाट लिन्छ। आज बाँचेका, हामी राजनीति गरेका, सत्तामा रहेकाहरूले यसको जवाफ दिनुपर्ने हुनेछ।

    उनले थपे, “हामीसँग राजनीतिले ठूलो मूल्य लिँदै छ। कमरेड प्रचण्ड र अरू नेताहरू, हामी सबै यसलाई कसरी रोक्ने हो? यदि, हामीले त्यो एकता नभत्काएको भए, संसद् विघटन गरेर यो दुनियाँका अगाडि बेइज्जती नगरेको भए यस्ता संकट थाम्ने नेपाली राजनीति बनेको थियो । अर्थनीति बन्दै थियो।”

    उनी भन्छन्, “यो चुनावभन्दा अगाडि नै हामीले वाममोर्चा बनाउन सक्नुपर्थ्यो। दुर्भाग्य हो। ठूलो दुर्भाग्य हो । मैले पटक–पटक भनेको छु–पहिलो ठूलो दुर्भाग्य, पहिलो ठूलो पार्टी कम्युनिस्ट, तेस्रो ठूलो पार्टी कम्युनिस्ट, चौथो ठूलो पार्टी, पाँचौँ कम्युनिस्ट, सातौँ कम्युनिस्ट, आठौँ कम्युनिस्ट, सबै कम्युनिस्ट। आज हालत के भइराखेको छ रु कारण धेरै छन्। बाहिरबाट हेर्दा त मान्छेले के देख्ने भो भने समाजवाद ल्याउन के गर्नुपर्दो रहेछ भने भएकै संसद विघटन गर्नुपर्दो रहेछ। पार्टी फुटाउनपर्दो रहेछ। बाहिर बसेकोहरूले के, यो सारा बेइज्जती काम गर्नुपर्दो रहेछ। कमरेड प्रचण्ड, पटक–पटक तपाईंले भन्नुभएको छ– क्रमभंगता। अब यो क्रमभंगता फेरि जरुरी भयो मुलुकमा चाहिँ । ठूलो राजनीतिक उथलपुथल देख्छु, मुलुकमा। त्यसलाई कमजोर नआँक्न आग्रह गर्दछु । यो नीतिहीनता, विचारहीनता, मनपरी तन्त्र कम्तीमा योचाहिँ लैजान्छ र त्यो राम्रै हुन्छ।

    नेता भुसालले संसद् विघटन गरेर सुरु भएको नेपालको राजनीतिक संकट नेताहरू नमिल्ने हो भने झन् गहिरिएर जाने समेत बताए।