काठमाडौं– हालैमात्र सद्रभावना पार्टी परित्याग गरेकी पुर्वमन्त्री सरीता गिरीले सिरहा क्षेत्र नं. १ बाट चुनाव लड्ने घोषणा गरेकी छिन्।
उनले सामाजिक सञ्जालमा बिहीबार ट्विट गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसका नेता स्व.प्रदिप गिरीको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने आधिकारीक घोषणा गरेकी हुन्।
उनले सबैसँग आफुलाई सहयोग गर्न पनि आग्रह गरेकी छिन्। भर्खरै पार्टी छाडेकी गिरीले कुनै दल वा स्वतन्त्रबाट चुनाव लड्ने भने खुलाएकी छैनन्।
दिवगंत नेता प्रदीप गिरी उनका जेठाजु हुन्। उनले लेखेकी छिन्,‘म सिरहाको १ नं निर्वाचन क्षेत्र बाट सांसद पदका लागि निर्वाचन लड्न गई रहेको छु। यो आधिकारिक घोषणा हो। सबै जना संग सहयोगका लागि विनम्रता पुर्वक आग्रह गर्दछु।