काठमाण्डौं– महिला साफ फुटबल प्रतियोगिता खेल्न भुटानको राष्ट्रिय फुटबल टोली बिहीबार नेपाल आईपुग्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा० का अनुसार भुटानी टोली बिहान ९ बजे ड्रूक एअरलाइन्सको विमानबाट नेपाल आइपुग्नेछ।
साफ खेल्न नेपाल आउनेभदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ काठमाडौंमा सुरु हुँदैछ।
पहिलो टोली भुटान हुने छ । समूह ‘बी’ मा भुटानसहित आयोजक नेपाल र श्रीलंका रहेका छन्।