महाअभियोग समितिले बयानका लागि बोलायो चोलेन्द्र शमशेरलाई - Chaitanya News
  • 2026-04-20
  • 22:04:30
  • सोमबार,बैशाख ०७, २०८३
  • महाअभियोग समितिले बयानका लागि बोलायो चोलेन्द्र शमशेरलाई

    महाअभियोग समितिले बयानका लागि बोलायो चोलेन्द्र शमशेरलाई

    काठमाडौं– प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बयानका लागि बोलाएको छ।

    समितिको बुधबार बसेको बैठकले निलम्बित प्रधानन्यायाधीश जबरालाई भदौ १५ गते बिहान ११ बजे बयानका लागि बोलाएको समितिका सदस्य शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन्।

    समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टको अध्यक्षतामा बसेको बैठकले आवश्यक छानबिन गर्नका लागि जबरालाई पत्राचार गरी बोलाउने निर्णय गरेको हो।

    समितिले भदौ १८ गते प्रतिनिधि सभामा महाअभियोग समितिको प्रतिवेदन पेस गर्ने जनाएको छ। जबरामाथि महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनी निलम्बित भएका छन्।