कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ह्याम्स अस्पताल भर्ना - Chaitanya News
  • 2026-04-20
  • 22:05:10
  • सोमबार,बैशाख ०७, २०८३
  • कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ह्याम्स अस्पताल भर्ना

    कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ह्याम्स अस्पताल भर्ना

    काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ह्याम्स अस्पताल भर्ना भएका छन्।

    कोरोना संक्रमण पुष्टि भएका सिटौलालाई उपचारका लागि मन्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको हो।

    सिटौलाका छोरा श्याम सिटौलाका अनुसार उनको शरीरमा हेमोग्लोविनको मात्रा कमी देखिएको छ।

    उनले अन्नपूर्णसँग भने, बुवाको स्वास्थ्य अवस्था सामान्य छ। हेमोग्लोविनको कमि भएका कारण चिकित्सकको परामर्शमा हुनुहुन्छ।

    प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि गठित कार्यदलका संयोजक समेत रहेका सिटौलाले अस्वस्थ्य महशुस गरेपछि मंगलबार कोरोना परीक्षण गराएका थिए।

    परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको हो।