Manoj Regmi, Author at Chaitanya News
  • 2026-10-15
  • 23:13:32
  • बिहिबार,आश्विन २९, २०८३

About Author

बैदेशिक अध्ययनको जान नपाएका विद्यार्थीको शिक्षा सेवा शुल्क फिर्ता हुने, तीन वर्षसम्म माग गर्न सकिने

कर्जा खबर । बैंदेशिक अध्ययनमा जान नपाएका विद्यार्थीले दाखिल गरेको शिक्षा सेवा शुल्क फिर्ता पाउने भएका छन् । बैंदेशिक अध्ययनका लागि प्रक्रिया अघि वढाएर विभिन्न कारणले जना नपाएका विद्यार्थीले नेपाल सरकारलाई कर बापत बुझाएको शुल्क फिर्ता पाउने भएका हुन । आर्थिक अध्यादेश २०७८ ले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क बापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटही रकममा २ प्रतिशत शिक्षा सेवा शुल्क लिने व्यवस्था गरेको छ। सो व्यवस्था अनुसार विदेशी मुद्रा सटही सुविधा लिएका तर विदेश अध्ययनका लागि जान नपाएका विद्यार्थीले तिरेको शिक्षा सेवा शुल्क फिर्ता गर्ने सम्बन्धमा आन्तरिक राजस्व विभागले कार्यविधि नै बनाई लागु गरेको छ । सो कार्यविधि अनुसार विदेशी कलेज तथा विद्यालयमा अध्ययन गर्ने सिलसिलामा शिक्षण बापत विदेशी मुद्राको सटही सुविधा लिइ शिक्षा सेवा शुल्क बुझाएर पनि जान नपाएका विद्यार्थीले तीन वर्ष सम्म फिर्ता माग्दै आवेदन दिन सकिने व्यवस्था गरेको छ । यस्तो रकम फिर्ता माग्दा जुन व्यक्तिको बैंक खाताबाट रकम विदेश पठाएको हो सोही व्यीक्र वा निजको अभिभावकको नामको खातामा विदेशी मुद्रामा रकम फिर्ता पाएको हुनु पर्ने विभागले लागु गरेको कार्यविधिमा उल्लेख छ । विद्यार्थीले जुन बैंकमा शिक्षा सेवा शुल्क दाखिल गरेको हो सोही बैंकमा निवेदन दिनु पर्नेछ । सो रकम फिर्ता माग गर्दा बसझाउने निवेदनका साथमा नगरिकताको प्रतिलिपी, विदेशी मुद्रा सुविधा कारोबार भएको बैंक स्टेटमेन्ट, विदेशी शैक्षिक संस्थामा शिक्षण शुल्क तिरेको प्रमाणित गर्ने कागजात, भर्ना भएको प्रमाण, शिक्षा मन्त्रालयको अध्ययन अनुमती पत्रको प्रतिलिपी, विदेश अध्ययन गर्न जान नपाएको बेहोरा प्रमाणि गर्ने कागजात संलग्न गर्नु पर्ने व्यवस्था कार्यविधिले गरेको छ । सो प्रक्रियाका लागि नेपाल राष्ट्र बैंकले पनि सबै बैंकहरुलाइ सहजिकरण गरिन निर्देशन दिएको छ ।