चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 2 of 1110
  • 2026-10-09
  • 16:22:38
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

पाँच वर्षअघि खुलेका विद्यालय निरीक्षक र पाठ्यक्रम अधिकृतका विज्ञापन लोक सेवाले गर्‍यो रद्द

काठमाडौँ– लोक सेवा आयोगले आर्थिक वर्ष २०७७/७८ मा खुला तथा समावेशी प्रतियोगितामार्फत पदपूर्तिका लागि प्रकाशित विद्यालय निरीक्षक र पाठ्यक्रम अधिकृत (नेपाली) पदका विज्ञापन रद्द गरेको छ। सम्बन्धित पद रिक्त नरहेको र पदपूर्ति गर्न आवश्यक नभएको जनाउँदै आयोगले विज्ञापन रद्द गर्ने निर्णय गरेको हो। आयोगको सूचना तथा प्रकाशन शाखाले बिहीबार सूचना जारी गर्दै नेपाल शिक्षा सेवाअन्तर्गतका ती पदका विज्ञापन रद्द गरिएको जानकारी दिएको छ। साविकको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मागका आधारमा प्रकाशित विज्ञापनमा उल्लेखित पद रिक्त नरहेको र पदपूर्ति आवश्यक नभएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगलाई पत्राचार गरेको थियो। शिक्षा मन्त्रालयको पत्राचारपछि आयोगले नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहअन्तर्गतको विद्यालय निरीक्षक र नेपाली उपसमूहको पाठ्यक्रम अधिकृत (नेपाली) पदका विज्ञापन रद्द गर्ने निर्णय गरेको हो। आयोगले नेपाल शिक्षा सेवा ऐन, २०४९ को दफा १८ को उपदफा (१) बमोजिम विज्ञापन रद्द गरिएको जनाएको छ।

News by पाँच वर्षअघि खुलेका विद्यालय निरीक्षक र पाठ्यक्रम अधिकृतका विज्ञापन लोक सेवाले गर्‍यो रद्द :