चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 12 of 1111
  • 2026-10-09
  • 20:35:28
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

दशौँ राष्ट्रिय खेलकुदबारे अन्योल अन्त्य, मंसिर १६ बाटै प्रतियोगिता हुने

काठमाडौँ– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सञ्चालन हुने भन्दै सरकारले प्रतियोगिताबारे देखिएको अन्योल अन्त्य गर्न आग्रह गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रतियोगिता मंसिर १६ गतेदेखि नै सुरु हुने स्पष्ट पार्दै तयारीमा कुनै द्विविधा नराख्न आग्रह गरेका छन्। आइतबार सुर्खेतमा बसेको दशौँ राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले प्रतियोगिताको माहोल र तयारी औपचारिक रूपमा अघि बढिसकेको बताए। उनले दशौँ राष्ट्रिय खेलकुद आयोजना हुने वा नहुने विषयमा कुनै आशंका नगर्न आग्रह गर्दै प्रतियोगिताको उत्सव सुरु भइसकेको धारणा राखे। मन्त्री पोखरेलले यसपटकको राष्ट्रिय खेलकुदलाई विगतका प्रतियोगिताभन्दा थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए। त्यसका लागि संघ, प्रदेश र स्थानीय तहसहित सम्बन्धित सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ छ। उनले तीनै तहका सरकार तथा सरोकारवाला निकायलाई आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्दै प्रतियोगिता सफल बनाउन जुट्न आग्रह गरेका छन्।

News by दशौँ राष्ट्रिय खेलकुदबारे अन्योल अन्त्य, मंसिर १६ बाटै प्रतियोगिता हुने :