Chaitanya News - All about Chaitanya News
  • 2025-05-15
  • 15:47:58
  • बिहिबार,जेठ ०२, २०८२
आज बिहान १० बजे मन्त्रिपरिषद् बस्दै

आज बिहान १० बजे मन्त्रिपरिषद् बस्दै

काठमाडौँ– आज (शुक्रबार) बिहान १० बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको छ । बैठक सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ । बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने अपेक्षा गरिएको छ। पारित नीति तथा कार्यक्रम आजै दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन्। बैठकमा शिक्षक, चिकित्सक लगायतसँग भएका सहमति र विभिन्न मन्त्रालयका नियमित एजेन्डामा पनि छलफल हुने बताइएको छ। यसका साथै मन्त्रालयहरुका नियमित प्रस्तावहरुमाथि पनि छलफल तथा निर्णय हुनेछ।  

  • चैतन्य पाठशालाको प्लस टु भवन उद्घाटन सम्पन्न

    चैतन्य पाठशालाको प्लस टु भवन उद्घाटन सम्पन्न

    धनगढी, – धनगढी उपमहानगरपालिका–५, शिवनगरमा अवस्थित शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन र प्रकृति र संस्कृतिको सम्मान चैतन्य पाठशालाले प्लस टु तहका लागि नव निर्मित भवन र पोडकास्ट स्टुडियोको को उद्घाटन एक भव्य समारोहका बीच सम्पन्न भएको छ।...

    चैतन्य पाठशालाको प्लस टु भवन उद्घाटन सम्पन्न
    चैतन्य एकेडेमी बुटवलमा बृत्ति विकास तथा अर्थ आर्जन कार्यशाला सम्पन्न
    चैतन्य एकेडेमी बुटवलमा बृत्ति विकास तथा अर्थ आर्जन कार्यशाला सम्पन्न

    चैतन्य एकेडेमी बुटवलमा बृत्ति विकास तथा अर्थ आर्जन कार्यशाला सम्पन्न

    बुटवल- लोकसेवा तयारीका लागि प्रतिष्ठित संस्था चैतन्य एकेडेमी नेपाल, बुटवल शाखाले बृत्ति विकास तथा अर्थ आर्जनका विषयमा कार्यशाला सम्पन्न गरेको छ । कार्यशालाको उद्देश्य विद्यार्थीहरूलाई बिमा क्षेत्रमा रहेका अवसरहरूबारे जानकारी दिनु, सेवा प्रवेश गर्दा अबलम्बन गर्नुपने कार्यहरुको विषयमा जानकारी गराउनु र खाली समयमा आय आर्जनका उपायहरू सिकाउनु रहेको शाखा प्रमुख दीपक ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार, जीवन बिमा जस्ता...

    चैतन्य ग्यालरी

    सनराइज मिडियाको क्विज कन्टेस्ट २०८१ सम्पन्न – चैतन्यले प्रदान गर्‍यो एक लाख राशिको प्रथम पुरस्कार ।

    धनगढी – सनराइज मिडियाले आयोजना गरेको सनराइज क्विज कन्टेस्ट २०८१ सम्पन्न भएको छ। कैलाली र कञ्चनपुरका विद्यालयहरूको सहभागिता रहेको विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता आज एक कार्यक्रमका बिच धनगढीमा रहेको रौसाई पार्टी प्यालेसमा समापन गरिएको हो। समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका...

    सनराइज मिडियाको क्विज कन्टेस्ट २०८१ सम्पन्न – चैतन्यले प्रदान गर्‍यो एक लाख राशिको प्रथम पुरस्कार ।