उमेश मैनाली नेपालको सार्वजनिक प्रशासनका क्षेत्रमा अग्रपङ्तिमा आउने नाम मध्ये एक हो। उनले लोकसेवा आयोगको अध्यक्ष भएर त्यसको पारदर्शिता र विश्वसनीयतामा पु¥याएको योगदान ठूलो छ। स्वच्छ छविका मैनाली बोलिमा खरो छन्। उनी सधैँ नेपालको सार्वजनिक प्रशासन सुध्रिनुपर्छ र भ्रष्ट रहित हुनुपर्छ भनेर बोलिरहेका हुन्छन्। उनी सुशासन र समृद्धिका क्षेत्रमा बेला–बेला बहस गरिरहेका हुन्छन्। गतिहित नेपालको परिवर्तन यात्रामा पनि उनको विशेष चाँसो रहने गर्छ। उनी मुलुकमा सरकार र नागरिकका बीचमा असल सम्बन्ध स्थापित हुँदै सुशासन कायम होस् भन्ने चाहन्छन्। तर, नेपालमा अपेक्षित रुपमा सुशासन किन हासिल हुन नसकेको होला, यसको पछाडि को–कति दोषि छन्? यी र यस्तै प्रश्नमा केन्द्रित रहेर चैतन्य खबरका निर्देशक गणेश जोशीले लोकसेवा आयोगका पूर्वअध्यक्ष एवम् नेपाल सरकारका पूर्वसचिव मैनालीसँग ‘चैतन्य संवाद’ गरेका छन्।
समृद्धिको र सुशासनको रटान लगाएको जताततै सुनिन्छ, सामान्य जनताले बुझ्ने सुशासन र समृद्धि के हो?
सुशासन अथवा असल शासन जनताको अनुभूतिमा खोज्नुपर्ने हुन्छ। यसका शैद्धान्तिक पक्षमा लामो बहस गर्न सकिन्छ। राजनीति र प्रशासनले लय मिलाउँदा सुशासन हुन्छ। यसले दिने सेवा, सेवा दिने प्रक्रियाको पारदर्शिता, सेवाको गुणस्तर र सेवा प्रवाहले तल्लो वर्गलाई कत्तिको उठायो भन्नेकुरा महत्त्वपूर्ण हुन्छ। यी शैद्धान्तिक पक्ष हुन्। सबैभन्दा ठूलो कुरा सुशासन भनेको राम राज्यको कल्पना हो। जनताले न्यायको अनुभूति गर्नु, सरल र सहज रुपमा सेवा पाएको अनुभूति गर्नु नै सुशासन हो। सुशासनको निकै ठूलो गहिराई छ। यसको सैद्धान्तिक पक्षमा जति पनि बहस गर्न सकिन्छ। तर, समग्रमा जुन दिन जनतालाई सरकारले हाम्रो माग पुरा गरेको छ, जनताले हाम्रो सामाजिक मागलाई सम्बोधन गरेको छ, हामीले सरल रुपमा सेवा पाएका छौं भन्ने अनुभूति गर्छन् भने त्यही हो सुशासन।
सुशासनले समृद्धिलाई निर्धारण गर्छ वा समृद्धिले सुशासनलाई?
अहिले राजनीतिज्ञदेखि प्रशासकहरूसम्ममा गलत ट्रेन्ड छ। हामीले सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, उत्तरदायीत्व भनिरहेका हुन्छौं। यी भन्नै पर्दैन। सुशासन भएमा यी सबै चिज त्यसैभित्र पर्छन्। यीत सुशासन प्रवद्र्धनका लागि चाहिने चिज हुन्। सुशासन एउटा यस्तो शासकीय व्यवस्थाको पराकाष्टा हो, जहाँ समृद्धिदेखि जनताका सुख, र खुसी प्राप्त गर्न सकिन्छ। तर, हाम्रा राजनीतिक दलका घोषणा पत्र र प्रशासकका भाषमा सुशासन, भ्रष्टाचार नियन्त्रण जस्ता थुप्रै कुरा जोडेको पाइन्छ। विश्व बैंकले सुशासनका प्रत्येक वर्ष ६ वटा सूचक सार्वजनिक गर्छ।
पहिलो सरकारप्रतिको आभाष र उत्तरदायीत्व, दोस्रो राज्यको प्रभावकारीता, तेस्रो नियमन र गुणहरू, चौथो रुल अफ ल, अर्को भ्रष्टाचार नियन्त्रणलगायतका विषयमा सुशासनको अवस्था नाप्ने गरेको छ। यी छ वटै कुरामा राम्रो गर्दा हामी सुशासन छ भन्छौं। ट्रान्सपरेन्सी र अकाउन्टविलिटीसँग सम्बन्धीत थुप्रै संस्था छन्। शासकीय व्यवस्थामा जनताले सुख अनुभूति गर्नु, सास्ती र हैरानी अनुभूति नगर्नु नै सुशासन हो।
नेपालमा नितिगत भ्रष्टाचारले पनि सुशासनको अभियानमा बाधा पुग्दै आएको छ भनिन्छ नी?
यसमा धेरै सत्यता छ। सोमर्सेद मोम भन्ने एक जना लेखक हुनुहुन्थ्यो, उहाँले पैसलाई छैठो इन्द्रिय भएको बताउनु भएको थियो। त्यो नभए पाँच वटा इन्द्रिय नै चल्दैन। त्यसैले भ्रष्टाचार नियन्त्रण गर्छु भन्नु गफ हो। चाडक्यले पानी मुनी गएको माछा कान चलाइरहेको हुन्छ, उसले पानी पीएको होकि स्वास फेरेको कसैलाई थाहा हुँदैन। पैसा खेलाउने मान्छेले कतिखेर पैसा खान्छ थाहै हुँदैन। थाहा भएपछि त्यस्ता व्यक्तिलाई कडा कारबाही गर्नुपर्छ भन्नुभएको छ। यसले के जनाउँछ भने, चाडक्यको समयदेखि नै भ्रष्टाचार रहेछ। यो मानवीय कमजोरीका कारण हुने विषय हो। मानिसमा हुने लोभले यसलाई प्रेरित गरिरहेको हुन्छ। चीनमा भ्रष्टाचार सतप्रतिशत छ। त्यहाँ त भ्रष्टाचार गर्ने व्यक्तिलाई मृत्यु दण्डको सजाय छ नी। मृत्यु दण्ड नै नभएका स्क्यान्वियन देश एक÷दुई नम्बरमा छन्। त्यसैले कानुन बनाएरमात्रै हुँदैन, नैतिक समाज बनाउनुपर्छ। नागरिक र समाज नैतिकवान हुँदामात्रै भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ। नैतिकता संगत, शिक्षा र परिवारबाट आउँछ। नैतिक शिक्षामा कत्ति पनि प्रयास छैन। परिवारले फलानोले यति कमायो, मेरो छोराले केही पनि गर्न सकेन भन्छन्। त्यसपछि उसलाई फ्रस्टेशन हुन्छ। हामीले काम गर्ने संस्थाको वातावरण नैतिकवान छ कि छैन भन्ने कुराले पनि महत्त्व राख्छ। भ्रष्टाचार नियन्त्रण गर्ने भनेको गफ गरेको जस्तो सजिलो छैन। हामीले पहिले हितोपदेश पढ्थ्यौं, अहिले केही छैन। कोही पनि आइभोरी टावरबाट आउने हाइन। कर्मचारी, नेता, व्यापारि यही समाजबाट आउँछन्। त्यसैले हामीले परिवार र स्कुलदेखि नै नैतिकवान बनाउनुपर्छ। यसरी सबै नैतिकवान हुँदा भ्रष्टाचार आफैँ हराउँछ। यहाँ सार्कको समयमा तीनकुनेमा राखेको गमला चोरी भयो। यसले समाज पनि भ्रष्छ छ भन्ने देखाउँछ।
जब लिकवानयु सिंगापुर बनेपछि पहिलो शासक बने। उनले सपथग्रहणको समयमा सबै मन्त्रीलाई सेता पोसाकमा आउन भने। लिकवानयुको एक पुस्तक छ ‘फ्रम थर्ड वल्ड टु फस्ट वल्ड’। त्यहाँ मन्त्रीलाई सेतो सर्टमा आउन उल्लेख गरिएको प्रसंग छ। सेतो सर्ट स्वच्छताको प्रतिक हो। हामी भ्रष्टाचार गर्दैनौं। हाम्रो एक डलरमा एक डलरै जनताकोमा पुग्छ भन्ने उनको धारणा थियो। त्यसबेला यो आडम्बरी छ, यसले वियर खान्छ, यसको यस्तो गाडि छ भनेर आलोचना गर्थे तर पनि कसैले गाली गरेनन् भनेर पुस्तकमा उल्लेख छ। मेरो विरोधीलेसमेत चुनावमा पैसा खुवाएनन्, हामीले पनि चाहिने जति खर्च गरेनौं। त्यसैले सिंगापुर बन्यो। हामी भ्रष्ट छैनौं भनेर यस्ता सिम्बोलिक कुरा पनि देखाउनुपर्छ। यो हाम्रो शिक्षा प्रणालीदेखि परिवारसम्म जोडिएको र भ्रष्ट प्रवृत्तिलाई नियन्त्रण गर्न प्रयाप्त प्रयास हुनुपर्नेमा त्यो भइरहेको छैन।
नैतिक मूल्य मान्यतामा नेपाल सुध्रिन ग्राहो छ भनिन्छ, अर्कोतर्फ नेपाल समृद्ध हुन्छ पनि भनिन्छ, यहाँको विचारमा खासमा नेपालमा भइरहेको के हो?
हामी धेरै निरासावादी त हुनुपर्दैन। हामी क्लेप्टोक्रेसीमा गएका छैनौं। त्यो भनेको लुटको अवस्था हो। हाम्रोमा केही पोलिसीमा भ्रष्टाचार छ। ग्रेजमनी भनेको सानोसानो क्रप्सन हो। काम गरिदिएवापत एक÷दुई हजार दिने। क्लेप्टोक्रेसीमा देश गएपछि खत्तम भयो। त्यसैले हामी धेरै निरासावादी हुनुपर्ने अवस्था छैन। अहिले सुशासनको पक्षमा ओकालत गर्नेहरुको संख्या पनि बढ्दो छ। सुशासनका ६ वटा इन्डिकेटरमा ४० भन्दा बढी नम्बर प्राप्त गर्न सकेका छैनौं। ४० नम्बर त पासमार्क नै होनी। त्यसैले हामीले सुशासनमा सोच्नैपर्छ। नेपाल अप्ठ्यारो अवस्थामा छ, नेपाल अस्थिरतामा छ, नेपालमा भ्रष्टाचार छ, नेपालमा सुशासन सुदृढ भएको छैन। यी सबै हुँदा पनि नेपालमा त्यतिधेरै निरासा हुनुपर्ने अवस्था पनि छैन। किनकि नेपालमा क्रेप्टोक्रेसी पनि छैन। क्रेप्टोक्रेसी भयो भने नेताहरुले देसैं खाइदिन्छन्। त्यसैले नागरिकहरू पनि सचेत हुनुपर्छ। यहाँ जनता भन्दामाथि कोही छैन। यति सुन्दर राजनीतिक व्यवस्था भएको देशमा ढिलोचाँडो उपलब्धि त दिनैपर्छ।
राजनीतिज्ञ र कर्मचारी मिलेर जानुपर्नेमा यी दुईका बीचमा तादतम्यता किन मिल्न नसकेको होला?
राजनीति र प्रशासनको म्यारिडका इलिमेन्ट फरक हुन्छन्। प्रशासनमा हामीले ज्ञान हेर्ने हो। राजनीतिमा लोकप्रियता हेरिन्छ। सामान्यतः राजनीति र प्रशासनले लय मिलाउँदा सुशासन हुन्छ। एक एकातिर, अर्को अर्कोतर्फ भयो भने सुशासन आउँदैन। राजनीतिज्ञले नीति बनाउँदै योजना र दृष्टिकोण दिने काम गर्छन्। मन्त्रीको ताजा दिमाग र कर्मचारीको अनुभावको आधारमा देश चल्ने हो। एउटाले अर्कोलाई माइनस गर्नु हुँदैन। जनताले यी दुई फरक खालका होइनन् भनेर एउटै रुपमा मूल्यांकन गर्छन्। त्यसैले राजनीतिज्ञले राज गर्ने हो र प्रशासनले प्रशासनीक कानुन कार्यान्वयन गर्ने हो। नेतालाई कानुन कार्यान्वयन गर्न दियो भने आफ्ना विरोधीप्रति बाइस हुन्छ। नेता र कर्मचारीको रिदम मिल्यो भने सुशासन आउँछ। यहाँ राजनीतिज्ञले कर्मचारीलाई दोष देखाउने र कर्मचारीले राजनीतिज्ञलाई दोष देखाउने प्रवृत्ति बढेको छ। जुन मुलुकका लागि निकै खतरनाक छ। अन्तरवार्तामा सबै राजनीतिज्ञले हामीले त देशलाई स्वर्ग नै बनाउन खोजेको हो तर कर्मचारीले बनाउन दिएनन् भन्नु हुन्छ। त्यस्तो सुन्दा कस्तो नमज्जा लाग्छ। उहाँहरू भेडाच्यांग्रा जस्तो पार्टी निकट व्यक्तिलाई छानीछानी सचिव राख्नुहुन्छ। योग्यताको आधारमा नभएर आफ्नो मान्छेमात्र लैजानुहुन्छ। त्यसो गरेर व्यूरोक्रेसीले काम गरेन भनेर जनतासँग पन्छिन पाइँदैन। कर्मचारीले कता भन्ने, केही छैन। पहिले हामी कर्मचारीलाई अनुहार र आवाज विहीन भन्थ्यौं। कर्मचारीको आवाज मन्त्रीले बोलिदिनुपर्ने हुन्छ। पछिल्लो समय त कर्मचारी पनि राजनीति गर्न थालेका छन्। धेरै अनुहार देखाउन थालेका छन्।
सार्वजनिक प्रशासनमा अनियमितता भइरहेको प्रस्ट देखिन्छ, यस्तो हुनुमा कुन पक्षले काम गरेको होला?
म लोकसेवा आयोगको अध्यक्ष भइसकेपछि परीक्षा पक्षतिमा नैतिक मान्यताहरूलाई आत्मसाथ गर्नुपर्छ भन्ने लाग्यो। र, त्यहाँ भएका सानासाना प्वाल टास्नुपर्छ ठाने। ती प्वाल टाल्नका लागि पहिलो पेपर नै इथिकल भ्यालुजमा राखिदिए। दोस्रो पेपरमा पनि त्यो कोर्ष थोरैथोरै राखियो। यसका परीक्षण प्रविधिमा व्यापक परिवर्तन गरियो। कपि घरमा लागेर जाँच्न नपाउने र आयोगमै आएर जाँच्नुपर्ने नियमको व्यवस्था गरियो। यो गर्नुको उद्देश्य देखिएका प्वाल टाल्नु थियो। एक दुई घण्टाको पेपरमा इथिकल भ्यालुजको जाँच दिएर उसमा नैतिकता आउने होइन। हामीले खाली सचेतमात्रै गराएका हौं। त्यसका लागि त उसलाई तालिम दिनुप¥यो। अहिले नेपालमा ६ महिना तालिम दिने व्यवस्था छ। त्यत्तिले पुग्दैन। अधिकृतका फ्रान्समा साढे तीन वर्ष र जर्मनमा तीन वर्ष कर्मचारीलाई तालिम दिने कानुन छ। भारतमै एक वर्ष तालिम दिइन्छ। त्यो तालिममा नैतिक मूल्य र मान्यता सिकाइन्छ। जापानमा पनि अफिसर पास भएकालाई गाई दुन लगाउने, ट्वाइलेट सफा गर्न लगाउने गरिन्छ। यस्तो गर्नुको उद्देश्य तिमी ठूलो मान्छे नभएर सेवा गर्न आएको हौं भनेर पाठ सिकाउनु हो। तीन महिना एकेडेमिक कोर्ष हुन्छ। नेपालमा भिगोरस तालिम पद्धती छैन। नैतिक संगठन छैन। त्यसका लागि नैतिक पूर्वाधार चाहिन्छ। नैतिक संगठन भयो भने त्यहाँका पदाधिकारी पनि नैतिक हुँदै जानेहुन्। लोकसेवाले गरेको एक सामान्य प्रयासमात्रै यो पुग्दैन। लोकसेवामा तपाईहरू किन आउनुभएको हो भनेर सोद्धा उहाँहरू देशको सेवा गर्न भन्नु हुन्छ। तर, पास भइसकेपछि उहाँहरू घुस खानुहुन्छ। मैले नवप्रवेशी पुस्तामाझ पनि यो भनिरहेको हुन्छु। तपाईंहरूबाट केही आसा गरेकोमा तपाईंहरू सेवा प्रवेश गरेको दोस्रो दिनबाटै किन घुस खानुहुन्छ भनेर सोध्छु। उहाँहरू रिषाय पनि मैले प्रश्न गरिरहेको हुन्छु। मैले सही कुरा भनिरहेको हुनाले सरले यस्तो किन भन्नु भयो भनेर कसैले प्रश्न सोध्नु हुँदैन। नैतिक स्खलन रोक्नका लागि एकतर्फि प्रयासले पुग्दैन। यसमा कर्मचारी, समाज, सरकार सबै नैतिक हुनुपर्छ।
सार्वजनिक प्रशासन त विद्वानहरूको जमात हो, त्योभित्र किन राजनीतिक सङ्गसङ्गठन खुलेका होलान्?
कर्मचारीले राजनीतिक पार्टीको सदस्यता लिन त मिल्दैमिल्दैन। सङ्ग सङ्गठन पेसागत हकहितको लागि हुन्छ। उसले सरुवा, बढुवा, प्रमोसनमा प्रवेश गर्न पाउँदैन। उहाँहरूको फोकस त्यसैमा भायो। उहाँहरूले त आफ्नो सुरक्षाको कुरा गर्ने हो। लोकतन्त्रमा सङ्ग सङ्गठन नै चाहिँदैन भन्ने होइन। तर, अहिलेको जस्तो सङ्ग सङ्गठन चाहिँदैन। यसरी राजनीति हावी हुनेहो भने किन स्वतन्त्र संस्था नीजामति सेवा, सार्वजनिक सेवा चाहियो? अहिले पनि संसारमा दुई प्रकारको स्कुल अफ थर्ट छ। एउटा एजुकेटिभ लिडर अफ थर्ट छ। त्यहाँ सिनियर क्लासका जसले जित्यो ऊ भर्ना हुन्छ। जर्मन, फ्रान्स, अमेरिका यसका उदाहरण हुन्। तल्ला पदमात्रै म्यारिडमा हुन्छन्। अर्को हुन्छ, न्यूट्रल कम्बिनेसेस स्कुल अफ थर्ट। हाम्रो देश जस्तो। यहाँ म्यारिटको आधारमा कर्मचारीको छनोट हुन्छ।
अहिलेको शिक्षाले नैतिक शिक्षा र त्यो आचरणको मनोवैज्ञानिक सम्वेदनाको विकास गर्न नसकेको हो?
अहिलेको करिकुलम नै त्यस अनुसारको छैन। अहिले विद्यार्थीहरुमा छाडा प्रवृति बढ्दो छ। अहिले विद्यार्थीहरुमा गुरुलाई अदर्श नै नमान्ने प्रवृत्ति बढ्दो छ। विद्यार्थीले गुरुको कुरा नै सुन्दैनन्। अबको शिक्षा प्रणालीमा ठूलो आमुल परिवर्तन गरिनुपर्छ। नेपालमा इतिहास पढाइँदैन, भूगोल पढाइँदैन। अहिले नेपालको इतिहास, संस्कृति नै थाहा नभएका विद्यार्थी आइरहेका छन्। नेपाल कुन खालको दर्शनबाट आएको हो र हामी किन नैतिक थियौं भन्ने कुरा बुझ्न जरुरी छ।
लोकसेवालाई आदर्श मानेर तयारी गरिरहेका तमामौं युवालाई यहाँको सन्देश के छ?
सुदूर कुनामा बसेका, सामुदायिक विद्यालयमा पढेका, अत्यन्त मेहेनेती युवाहरुको प्राथमिकतामा लोकसेवा पर्ने गरेको छ। अर्को उच्च र राम्रा विद्यालयमा पढ्ने विद्यार्थीहरुको प्राथमिकतमा नै लोकसेवा पर्न सकेन। उनीहरु विदेश जाने सोचमा हुन्छन्। उनीहरुलाई आकर्षित गर्न नसक्नुमा हामीहरुको पनि कमजोरी रह्यो होला। हामीले पनि विज्ञापनमा व्यूरोक्रेसीमा निश्पक्ष व्यवहार हुन्छ, हामी योग्य ठाउँमा राख्छौं भन्न नसक्दा एक्स्ट्रा अडिनरी ब्रेनहरु आएनन्। त्यो दुःखको कुरा हो। तर, यसको निश्पक्षतामा कसैले संका नगर्दा हुन्छ। फेल भएका विद्यार्थीले त्यहाँ पनि भनसुन चल्छ भनेको सुन्दा दिक्क लाग्छ। हामीलाई नसोधेर तपाईंहरु पास गरेको साथीलाई सोध्नुहोस् कसलाई पैसा ख्वाएर पास हुनुभएको हो भनेर। उसले सत्यकुरा भनिहाल्छ नी। त्यसैले लोकसेवा निश्पक्ष छ। लोकसेवा यस्तो संस्था हो जहाँ तलब खाएर राष्ट्रको सेवा गर्न पाइन्छ। समाजको व्यवस्था, विकास, द्वन्द्व समाधानका लागि र समाजलाई राम्रो बनाउनका लागि काम गर्न पाउने तर तलब खाएर सेवा गर्न पाउने निजामति सेवा बाहेक अरु कुनै छ, छैन नी। अर्को कुरा तपाईंको ज्ञान छ सचिव हुनसक्नुहुन्छ। सचिवलाई पैसामा दाज्न मिल्छ? उसको मर्यादा र उसले पोलिसीमा पार्नसक्ने प्रभावलाई हेर्नुपर्छ नी। यसले देशका लागि धेरै गर्नसक्छ। त्यसैले पैसामा निजामति सेवालाई दाज्नु हुँदैन।