नेपालमा पाइने जडिबुटी क्षेत्रको विकासका लागि कानुन सुधार गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी
काठमाडौं– वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताएकी छिन्। आज (आइतबार) वनस्पती विभागको ६६ औँ वार्षिकोत्सव तथा २७ औँ वनस्पति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सम्भावना हुँदाहुँदै पनि त्यसलाई अझै प्रारम्भिक चरणमै सिमित...



